निसस्सिदो अँधेरोलाई चिर्दै एउटा निश्चल हाँसो गुन्जन्छ संगैमा अटाहस सुनिन्छ । ती दुई बीचमा कता कता एउटा मिहिन, मधुर किल्किलाहट । त्यो सडकको पेटीमा लम्पसार परेको कुकुर एस्सो कान ठाडो पार्छ । मानौ कुनै परिचित आवाज खोजिरहेछ, अनि फेरि त्यै ल्याम्पपोस्टको छत र पिलिपिली बत्तिको मुनि एकान्तमा लिन हुन्छ । त्यो मानवीय हंसाइमा उसले आत्मियता भेट्टाउछ । त्यो मधुरो किल्किलाहट उसको कल्पनामा पनि कतै ब्याप्त छ ।
.
ऊ केवल १ बर्षको छ । आमाको न्यानो काखलाई छोडेकोपनि १० महिना हुन्छ अब त । उसले आफ्नो स्मृति खोतलने निक्कै कोशिश गर्छ । आफ्ना भाई-बहिनि सम्झने निक्कै बल गर्छ । तर मनका हरेक स्मृतिमा आफ्नी आमाको धमिलिदो चित्र र उसलाई सडकबाट " घर " लानी त्यो ममतामय सानो बालक बाहेक केहि भेट्दैन । अनि अनायास - त्यो ब्याप्त शुन्यमा एउटा मुटु छेडने क्रन्दन निस्कन्छ ।
.
" ओइ काले! नकरा! आज कस्को घरा अलछिन लाउन लाइस ए मोरा "। तिखा वाणी कानमा पर्छन । ऊ झसङ्ग हुन्छ । एस्सो आकाश नियाल्छ । अब त तारा पनि धमिलिदै हुन्छन । फेरि कोल्टा फेर्छ । निन्द्रामा लुप्त ऊ लम्पसार पर्छ ।

--------------------x--------x-------x-----------------------
छाती फुट्ला झैँ भान हुन्छ र काले एक्कासी बयूझिन्छ । अब त दुध ल्याउने गाडी नि धुँवाको मुस्लो फाल्दै माइलोको पसल अगाडि तेर्सिन्छ । काले अचम्म पर्छ, अगाडि बाट सेतो दुध निस्कन्छ पछाडि बाट कालो मुस्लो । मानव अन्तरंगमा ऊ पनि एकछिन रुमल्लिन्छ। नबुझेर सोधेझै ऊ फेरि भुक्न थाल्छ ।
.
भटा-भटी माईलाका दुलही, छोरी, छोरा मिलेर ट्रकबाट दुध ओसार्छन । माइली आखा ठूलो पार्दै कालेलाई भन्छे " तेरो दर्शन नापाएत मोरी पो हाल्थिये कि ! कमौनी कैले हो ! माग्नेको ताती पैले !! "...
.
contd:
नसुनेझै काले त्यै गाडी को आघिपछि लागि राख्छ। केही खोजेझै गरेर। उस्का आँखा र कान त्यो भिडमा पनि माईलालाई कुरिरहेका हुन्छन्। त्यो "काले अइजो" सुन्न ललायित। गाडी गूड्ने तर्खरमा हुन्छ र फुस्स कालो धुवाँ फेरि फ्याँक्छ। काले पनि झोक्किएझैं गरी त्यो गाडीको पछी-पछी कराउँदै दगुर्छ। लाग्छ त्यो धुँवाले उस्को सर्बस्वनै लगेको छ।
.
"कले अइजो" !!!
एउटा गहिरो स्वर सुनिन्छ। "छोड्दे त्यल्लाई। अब के गाडीलाई चाइन्जो टोक्छस् कि के हो? लु अइजो!"
क्रमश: ....

.jpg)
5 comments:
whats the title of the story....plz give a small hint wats all abt....
hey LC...
wait till i finish the story ..
aaile ta aayeka abhibyakti pokhdai ho...
story complete bhayechi.. Title ni sochum la.:)
hmmmmmm
hmmm,,,,suspense,,,,like it :) cant wait to hear more of it :)
khoi ek barsa bhaisakyo yo katha kramasha mai adkyo :(
Post a Comment