Monday, February 15, 2010

मिर्मिरे को चिरिबिरी


जब हुन्छ बिहानि
तब रुन्छ यो मन
चस्किन्छ यो छाती
बदलिन्छ धड्कन

मिर्मिरे मा
अनायास नै
आँशु आउछन
आँखा बाट ...

मिर्मिरे मा
अनायास नै
छचल्किन्छन
बह जती ....।

दिन ले बोलाई रहन्छ
यो मन मान्दैन हो ..
खुशी ले ढक्ढक्याउने
आश गर्दैन जो .. ।

मिर्मिरे मा
अनायास नै
शिरानी पनि
ब्यथा ले भिज्यो । ।

मिर्मिरे मा
अनायास नै
तुवाँलोले ....
जिवन लाई छोप्यो । ।

अधर काँपी रहेछन
लुक्दैछ हाँसो ..
भरिएका नयन ले
परेली नि झुक्यो .. । ।

मिर्मिरे मा
अनायास नै
आँशु आउछन
आँखा बाट ..। ।

मिर्मिरे मा
अनायास नै
छचल्किन्छन
बह जती ...

मि र्मि रे मा .......(!)
:)

No comments:

Post a Comment