Monday, February 22, 2010

चिरिबिरी सोच - हरु

सुखको किरण छिर्दछ
मनको दैलो खोलि
लुक्न जान्छन दुखको बादल
उदासीनता पनि आखा छोपी

शुन्यता रहन्न अब
न त हुन्छ मन आक्रान्त
जब लालिमा चढ़छ क्षितिजमा
जीवन बन्दछ शान्त

आखा अगाडि लक्ष साधिन्छ
पाइला सर्छ नव दिशा तर्फ
" अब होश गरेस, नहटनु है "
मनको आवेश र उल्लाहस कह्न्छ

न अनायास नै बाटो बिराउनु
न त पथभ्रमित हुनु
न आखामा अज्ञानको पट्टि बाँधनु
न अरुलाई लडाउनु, न आफु डगमगाउनु

लक्ष : हर दिन नया आयाम रचेर
बाँच्नुको सार पहिल्याउनु
अन्तिम स्वास लिदा, बितेका दिन सम्झी
चरम आनन्दमा लोलुप्त हुनु

1 comment:

Anonymous said...

hmmmmm

ramro cha chiribiri soch haru :)

Post a Comment