A song written -Capturing a Friends emotions
n an inner call telling me that something must be done bout it... yeah about BagmaTi..!!!!
बहन बिर्सेझै गरि
हिलो र फोहरमा लत्पति
बिस्तारै- बिस्तारै बढ्छौ तिमि
गन्तव्यले
आफूतिर ताने सरि
कथा यो तिम्रो हो
तर व्यथा काठमाडौँ को
तिम्रो अस्तित्व संग जोडिएका
बिकाशका अनगिन्ति कल्पनाहरु को
मेरो क्रोध,
मेरो क्रन्दन ,
मेरो स्वास ,
मेरो स्पन्दन,
देख्छु तिमीलाई तब बढदछ,
- हेर्छु दुर्गति मन कल्पिन्छ
किन भो किन!
किन भन किन!
किन भो तिम्रो त्यो गति
तिमि त थियौ का - ठ - मा - डौँ कि
निश्चल बागमती
हेर्दै तिमीलाई रसाउने हरेक नजरले
ओझेल हुनासाथ किन बिर्सन्छन ?
आफ्नै रछान तिम्लाई छ्याप्दा
नजर ति तिनका किन बिझ्दैनन ?
हे कान्तिपुरी अब पुग्यो भनिदेउ
यो अन्याय अब सहन्न भनिदेउ
जुन बागमती सलल तिम्रो जीवनधार बनि बगथिन
तिनैको प्राण आज बचाउन जगिदेउ
मेरो क्रोध,
मेरो क्रन्दन ,
मेरो स्वास ,
मेरो स्पन्दन,
देख्छु तिमीलाई तब बढदछ,
- हेर्छु सहनशीलता, मन विव्हल हुन्छ
किन आज पनि पखाल्छौ पाप यी
भैसक्यौ घृणित , अपहेलित , का - ठ - मा - डौँ कि
दुर्गन्धित बागमती
नदि थियौ , kantipur को मुटुमा बहने
मठ र मन्दिरले सजेका तटले मन लोभ्याउने
अन्तिम स्वास छोड्ने तीम्रा काख दैबिया थिए
हाम्रा कुकर्म पखाल्ने कन्चन जल आज आफै अपवित्र भए
मेरो क्रोध,
मेरो क्रन्दन ,
मेरो स्वास ,
मेरो स्पन्दन,
देख्छु तिमीलाई मन झन्झोडिन्छ ,
- आफ्नै कुकर्मको बोझले मन कुंडिन्छ
हरेक ले माया गरे फेरिन्थ्यो तिम्रो रुप
तिमि हुनेथ्यौ " बागमती नदि "
काठमाडौँको प्राण स्वरूप ,
तर आज :
हेर्छु दुर्गति मन कल्पिन्छ
किन भो तिम्रो त्यो गति
तिमि त थियौ का - ठ - मा - डौँ कि
निश्चल बागमती

.jpg)
1 comment:
hmmm... ramro cha as always...
Post a Comment