Thursday, March 11, 2010

निशब्दता

निशब्दता जब भाका बन्छ ..
हरेक परेलिका रुझाई शब्द ..
बहनु नै त अब बुझाइको एक मात्र गती ..
भाव मै भेटिन्छन वाक्यको नियती ..
खुशी को झिल्मिलाहट ..
दु:ख को तिल्मिलाहट ..
अन्योल को ब्याकुल क्रन्दन ..
जिवन बुझाउने अनेक प्रविती ..।



आसु झर्छ .. अ-ह
मुटु दुख्छ .. आ-हा
अर्को पल मा फेरी
खित्का छुट्छ .. हा-हा

जिवन हो . यो ....
जिवन हो ।

निशब्दता को . यो ..
जिवन हो ।

मिठो सपना - बुन्छ
जिवन साथी - चुन्छ
धोका पाई---- फेरि
एकान्त मा रुन्छ


जिवन हो . यो ....
जिवन हो ।

निशब्दता को . यो ..
जिवन हो ।


निशब्दता जब भाका बन्छ
जिवन को अर्थ यसरि खुल्छ


सपना मै त अब, बाच्नुछ, जिवन लाई सम्झी ...
कल्पना मै अल्मलिन्छन मानिस छट्पटी ..
दु:ख को अर्थ खोजी
सुखको को बाटो रोजी
मन को भाव नयन ले खोली ..
मन्मनै नै आनन्द पाउने हो कि ....।

निशब्दता जब भाका बन्छ ..
हरेक परेलिका रुझाई शब्द ..


निशब्दता -श्श्श्श्श्श्श्श्श्श्श्श्श । । । । । (!)